९ कार्तिक २०८३, आइतबार

सचिव बिहिन वडा कार्यालयमा तालाबन्दी

  • ११ माघ २०८०, बिहिबार
Image

काठमाडौ । बाजुराको बुढीगंगा नगरपालिका– ७ को कार्यालयमा सचिव नभएपछि तीन दिनदेखि तालाबन्दी गरिएको छ।दुई वर्षदेखि वडासचिव छैनन्  वडासचिव नहुँदा दैनिक सेवा लिन नागरिकलाई समस्या भएको भन्दै मंगलबार बिहानदेखि स्थानीय राजनीतिक दलहरूले वडा कार्यालयमा ताला लगाएका हुन्।सेवा लिनबाट वञ्चित भएका वडावासीको समस्या समाधान गर्न वडा र नगरपालिकाले कुनै चासो नदेखाएपछि वडा कार्यालयमा तालाबन्दी गरेको नेकपा एमालेका वडा कमिटी अध्यक्ष प्रेमबहादुर विष्टले बताए।दुई वर्षदेखि सचिव नहुँदा ७ नम्बर वडाका स्थानीय ८ नम्बर वडामा गएर जन्म, मृत्यु र बसाइँसराइलगायत पञ्जीकरणका काम गराउँदै आएका छन्। अब वडा नम्बर ८ ले काम गर्न नसक्ने भनेपछि दलका स्थानीय कमिटीहरूले तालाबन्दी गरेका हुन्।सोमबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका वडा कमिटी अध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार बिहान ताला लगाएका माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष चरतबहादुर विष्टले बताए।

नेपाली कांग्रेसका वडा सभापति वीरबहादुर केसी, नेकपा एमालेका नगर कमिटी अध्यक्ष प्रेमबहादुर विष्ट, माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष भक्त विष्ट र एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य दीपकबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गर्दै वडा कार्यालयमा तालबन्दी गरेका हुन्।

यता बुढीगंगा नगरपालिकाका– ७ का वडाअध्यक्ष भुवनसिंह केसीले भने आफ्नो दुई कार्यकाल बित्न लाग्दासम्म वडामा सचिव नहुँदा आफूलाई काम गर्ने वातावरण नभएको बताए। पटक–पटक नगरपालिकासँग कर्मचारी माग गरे पनि नगरपालिकाले कुनै चासो नदिएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर