काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र मनोनित भएकी छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिश्रलाई महिला संघको अध्यक्षमा मनोनित गरेको छ। उनी यसअघि उमा रेग्मी नेतृत्वको कमिटीमा सचिव थिइन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको चैत्र १५, २०७८ को बैठकको निर्णय अनुसार पार्टी सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ नेपाल महिला संघको अध्यक्ष पदमा मिश्रलाई नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation