काठमाडौं- अमेरिकि सहयोग परियोजना एमसीसीका कारण सत्ता गठबन्धन संकटमा पर्ने देखिएपछि नेकपा माओवादी केन्द्रका नेता आकस्मिक छलफलमा जुटेका छन्।
एमसीसीको विषयमा फरक मत राख्दै आएका माओवादीका नेताहरू सत्ता गठबन्धनबाट बाहिरुनू पूर्व छलफलमा जुटेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आकस्मिक रुपमा पार्टीका नेता तथा सांसदहरूलाई बोलाएर खुमलटारमा छलफलमा जुटेका हुन्।
एमसीसीको विपक्षमा उभिने र सरकारबाट बाहिरने विषयमा छलफल भइरहेको नेता माओवादीका प्रवक्ता कृष्णबहादुर महराले दिए।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच भएको भेटका विषयमा बैठकमा गम्भीरताका साथ छलफल भइरहको बुझिएको छ।
छलफलमा एमसीसीमा माओवादीले सहयोग गर्न नसक्ने प्रचण्डले बताए पछि अब आ–आफ्नै बाटो लाग्नेबारे निष्कर्ष निकालिएको थियो।
एमसीसी पारित गराएरै छोड्ने देउवाको अडान र संशोधनबिना सहमति जनाउन नसक्ने अडान प्रचण्डले राखेपछि सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ।
सत्ता गठबन्धनका दलहरू माओवादी र (नेकपा एकीकृत) समाजवादी एमसीसी पारित गर्न सहमत नभएपछि देउवाले एमालेसँग छलफल अघि बढाएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation