१९ वैशाख २०८१, बुधबार

प्रतिनिधि सभामा कांग्रेस नेता तेजुलालको ‘ह्याट्रिक’

  • १० मंसिर २०७९, शनिबार
Image

काठमाडौं- कांग्रेस नेता तेजुलाल चौधरीले प्रतिनिधिसभामा ह्याट्रिक जित निकालेका छन्। सप्तरी क्षेत्र नम्बर ४ बाट तेस्रो पटक उनी प्रतिनिधिसभा सदस्यमा चुनिएका हुन्। 

शनिबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार चौधरी २३ हजार ४ सय ९१ म्त प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ९ सय ७७ मत प्राप्त गरे।

चौधरी यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी ५ बाट निर्वाचित भई संविधान निर्माण प्रक्रियामा सहभागी भएका थिए। त्यस्तै संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सप्तरी ४ बाट निर्वाचित भएका थिए। उनी २०७४ सालमा युवा तथा खेलकुद राज्यमन्त्रीको जिम्मेवारीमा समेत थिए।

यो परिणामसँगै प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत सप्तरीमा प्रत्यक्षतर्फको मतगणना सकिएको छ। चार वटा प्रतिनिधिसभा क्षेत्र रहेको सप्तरीमा क्षेत्र नम्बर १ मा जसपाका नवलकिशोर साह,२ मा जनमतका सीके राउत ३ मा कांग्रेसका दिनेशकुमार यादव र ४ मा काग्रेसकै तेजुलाल चौधरी विजय भएका छन्।

कुल ८ प्रदेशसभा क्षेत्रमध्ये जनमत पार्टीले ४ तथा कांग्रेस, एमाले, नेकपा एस र स्वतन्त्रले एक–एक स्थानमा जित निकालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर