दार्चुला- उद्याेग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने जोडदिएका छन्।
दार्चुला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनि लि.शाखा कार्यालयकाे आज उद्घाटन गर्नुहुँदै माननीय मन्त्रीज्यूले आफ्नाे जिल्ला र देशकाे विकासका लागि राजनीतिक आस्थाभन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताए ।
उनले दार्चुला जिल्ला भाैगाेलिक रुपमा समेत संवेदनशील ठाउँमा रहेकाले यहाँकै जनप्रतिनिधि हिसावले आफू र सिंगाे सरकार गम्भीर रहेकाे बताए ।

२०५० देखि २०६२ सालसम्म सञ्चालन रहे पनि २०६३ देखि बन्द भएकाे कम्पनिकाे शाखा कार्यालय पुन: सञ्चालनमा ल्याउनु सुखद सुरुवात भएकाे बताउदै मन्त्री बडूले कार्यालयकाे स्थापनापछि खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रकाे उत्पादनलाई बजारिकरण गर्नसमेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उहाँले साविक ५ स्थानमा डिपाे र वितरण केन्द्रमार्फत सहुलियत मूल्यमा खाद्यान्न वितरण हुँदै आएकाेमा आफू मन्त्रालयकाे जिम्मेवारीमा आएपछि थप ७ वटा स्थानमा डिपाे स्थापना गरिएकाे जानकारी दिए ।
यसैगरी उनले दार्चुला र भारतलाई जाेड्न महाकाली नदिमा माेटरेबल पुल बनाउन टेन्डर आह्वान भइसकेकाे र महाकाली करिडाेर निर्माणका लागि नेपाली सेनाले आवश्यक काम गरिरहेकाेले यी दुबै काम सम्पन्न भएमा दार्चुला र यस क्षेत्रकाे व्यापार तथा समग्र विकासमा अभूतपूर्व उपलब्धि हासिल हुने भएकाेले स्थानीय प्रशासन र राजनीतिक दलकाे सचेततापूर्वक याेगदानका लागि आग्रह गरे ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माेहन प्रकाश चन्दकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कम्पनिका सञ्चालक समिति सदस्य श्याम भट्ट, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, महाकाली नगर प्रमुख नर सिंह चैसिर, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, नेपाली काँग्रेसका जिल्ला सभापति ललित सिंह बाेहरा, नेकपा(एमाले) का अध्यक्ष प्रेम सिंह धामी, नेकपा(माओवादी केन्द्र) का अध्यक्ष खडक धामीलगायतकाे उपस्थित रहेकाे थियाे भने वक्ताहरुले २०६३ सालदेखि बन्दरहेकाे शाखा कार्यालय पुनःसञ्चालन गर्न पहल गरेकोमा मन्त्री बडूलाई धन्यवाद दिएका थिए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation