काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ र समानुपातिक ७ जना गरी १४ जना सांसदहरु निर्वाचित भएका छन्।
राप्रपाको मंगलबार बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टी अध्यक्ष लिङदेनलाई चयन गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation