८ कार्तिक २०८३, शनिबार

पर्यटन मन्त्रालयका उपसचिव नेपाल ६ लाख घुससहित पक्राउ

  • १७ साउन २०७९, मङ्गलबार
Image

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ६ लाख घुससहित पक्राउ गरेको हो।

स्रोतका अनुसार उनले पर्यटन व्यवसायको दर्ताका लागि ६ लाख रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा केही बेर अगाडि अख्तियारको टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर