१९ वैशाख २०८१, बुधबार

अबको लडाईं सत्य र असत्यबीच हुन्छ : ओली

  • २४ फागुन २०७८, मङ्गलबार
Image

पोखरा- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं  सत्य र असत्यबीचको भएको बताएका छन्। मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अबको लडाईं  सत्य र असत्यबीचको भएको बताउनु भएको बताएका हुन् ।

उनले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशी बीचको लडाईं भएको बताए। अध्यक्ष ओलीले नेकपा एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए । 

अध्यक्ष ओलीले भने, ‘आजको सत्य र असत्यको लडाईं समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ । कहिले पाण्डव र कौरवका बीचमा हुन्छ । कहिले कृष्ण र कंशका रुपमा हुन्छ। अनेक रुपमा सत्य र असत्यका बीचमा लडाईं हुन्छ । आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशीका बीचमा भएको लडाईं हो । असत्यको प्रतिकको लडाईं भनेको परामादेशी शक्तिहरु हुन् । जनादेशको पक्षमा रहेका जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ ।’



प्रतिक्रिया

सम्बन्धित खवर