काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्तभित्र पूर्णता दिने निर्णय गरेको छ।
निर्धारित समय भन्दा डेढ घन्टा ढिलो सुरु भएको बैठकले भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। कांग्रेसका १० भ्रातृ संस्थाको केन्द्रीय समिति अवधि पुगेर भंग भएका छन्।
तीमध्ये चारवटामा मात्र सभापति शेरबहादुर देउवाले अध्यक्ष तोकेका छन् भने अरुले नेतृत्व पाएका छैनन्। नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष सभापति शेरबहादुर देउवाले तोकेपनि पूर्णता भने दिएका छैनन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation