८ कार्तिक २०८३, शनिबार

प्रेस युनियन : मनपरी उम्मेदवारी, छैन वैचारिक बहस

  • २७ असार २०७९, सोमबार
Image

काठमाडौं-  नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नेतृत्व र पदाधिकारीका लागि सयौंले उम्मेदवारी घोषणा गरेका छन्। राजनीतिक दलहरुलाई महाधिवेशनका समयमा वैचारिक बहस नगरेको भन्दै औंला ठड्याउने र खबरदारी गर्ने पत्रकारहरुको संगठन प्रेस युनियनको महाधिवेशनमा भने वैचारिक र संगठनात्मक बहस भने शून्यप्राय: छ। 

पार्टीहरुलाई उनीहरुको चुनाव भड्किलो भएको भन्दै खबरदारी गर्ने पत्रकारका उम्मेदवारहरुलै दैनिक पार्टी प्यालेस र रेस्टुरेन्टहरुमा भेला र भोज गरिरहेका छन्। 

करिब आठ वर्षपछि साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौंडामा हुन लागेको नवौँ महाधिवेशनमा अध्यक्षमा आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका हुन्। अध्यक्षमा संस्थापन पक्षबाट वर्तमान कोषाध्यक्ष सरोज अधिकारी र पूर्वउपाध्यक्ष अनिता विन्दु, संस्थापनइतर समूहबाट वर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र केन्द्रीय सल्लाहकार तथा पूर्वमहासचिव शिव लम्साल, प्रेस युनियनका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसचिव रामप्रसाद दाहाल, वर्तमान उपाध्यक्ष ईश्वरी ओझालगायतले आकांक्षा देखाएका छन्।

तर, उनीहरुमध्ये सरोज अधिकारीबाहेक कुनै पनि उम्मेदवारले आफू नेतृत्वमा आइसकेपछि के गर्ने, नेतृत्वमा आउँदा आफूले गर्ने कुराहरुबारे सामान्य छलफलसमेत गरेका छैनन्। अधिकारीले जिल्ला शाखा र प्रतिष्ठान शाखाका प्रमुखसँगको छलफलदेखि नेपालका मुलधारका सञ्‍चारमाध्यमका सम्पादकहरुसँग सुझाव र सल्लाह माग गरेका छन्। 

 

उनले आफू नेतृत्वको दौडमा रहँदा के गर्ने, कसरी प्रेस युनियनलाई गतिशील र चलायमान बनाउने भन्‍ने विषयमा विभिन्‍न फोरमहरुमा छलफल गरेका छन्। उनीबाहेक अन्य सबै उम्मेदवारहरु भने टिकट पाउन नेताहरुको घरदैलो गर्नमै व्यस्त देखिन्छ। 

न त यस विषयमा महासचिवका उम्मेदवारका आकांक्षीहरुले नै छलफल गरेका छन्। दोस्रो कार्यकारी पद महासचिवमा पनि मुख्य आकर्षण देखिएको छ। हालसम्म महासचिवमा युनियनका कार्यवाहक महासचिव भीष्मराज ओझा, सचिव खिला कार्की, केन्द्रीय सदस्यहरू दिलीप पौडेल र रमेश वाग्ले, काठमाडौंका पूर्वअध्यक्ष नकुल अर्याल, केशव साउद, शिवराज योगी, विमल ज्ञवालीलगायतले उम्मेदवारी दिने घोषणा गरेका छन्।

युनियनको विधान अनुसार महासचिव संगठन विभाग प्रमुख हुन्छ र उसले संगठनलाई चुस्त-दुरुस्त राख्‍नपर्ने हुन्छ। तर, महासचिवका कुनै पनि उम्मेदवाहरुले पत्रकारहरुसँग संगठन कस्तो बनाउने, संगठनलाई कसरी अगाडि लैजाने वा आफूले बनाउने चाहेको संगठन कस्तो हो भन्‍ने विषयमा सामान्य छलफल पनि गर्न सकेका छैनन्। 

युनियनका विभिन्‍न पदमा उम्मेदवारहरुले गर्ने भोज र भेलाहरुमा विगत ८ वर्षसम्म निर्वाचन गराउन नसकेको आरोप लगाउने गरेका छन् भने अहिलेको महाधिवेशनमा आफूलाई जिताउन आग्रह गर्ने गरेका छन्। त्यसमा न त आफ्नो योगदान, न त आगामी रोडम्याप नै प्रस्तुत गर्न सकेका छन्।

अरुमाथि प्रश्‍न गर्ने, औंला ठड्याउने पत्रकार संगठन नेपाली कांग्रेसको भ्रातृसंस्था हो कि शुभेच्छुक संस्था हो? प्रेस युनियन पत्रकारहरुको संगठन हो कि ठेकेदार, विचौलिया र नेविसंघ, तरुण दल, महिला संघ र शिक्षक संघका पदाधिकारीका लागि पनि 'स्पेस' छ? प्रेस युनियनले पत्रकारहरुका मुद्दा बोक्‍न कहाँ चुकेको छ र आगामी दिनमा कसरी अगाडि बढ्छ?, पत्रकार महासंघको आर्थिक आय कसरी बढाउने र यसलाई चलायमान बनाउन के गर्ने? प्रेस युनियनले पत्रकारको सिप विकास, प्रविधिको ज्ञान र क्षमता अभिवृद्धिमा कसरी भूमिका खेल्‍न सक्छ? लगायतका प्रश्‍नहरुमा केही सीमितबाहेक अन्य फेसबुकका भित्तामा उम्मेदवार भएको पातो टाँसेका कसैले पनि बहस, छलफल र आफ्नो कार्यदिशा प्रस्तुत गर्न सकेका छैनन्। केही उम्मेदवारलाई त युनियनको विधानको सामान्य ज्ञानसमेत नभएको पाइएको छ। इटहरी महाधिवेशनदेखि नै उम्मेदवार बन्दै आएका केही उम्मेदवाहरु अहिले पनि उम्मेदवारकै दौडमा रहेका छन्। उनीहरुसँग न त एजेण्डा छ, न त अरुसँग सुझाव माग्‍न नै उपयुक्त ठान्छन्, केवल चुनाव जित्‍ने ध्याउन्‍नमा मात्रै रहेका देखिन्छन्। 

प्रेस युनियनमा भाग पाएपछि आफैंले तोकेको जेठ २८-२९ को मिति सार्न विद्रोही समूह सहमत

प्रेस युनियनको महाधिवेशन चटारो, कसको कुन पदमा दाबी?

प्रेस युनियनमा को-को बन्‍न पाउँछन् उम्मेदवार, यस्तो छ विधान

प्रेस युनियनमा संस्थापनबाट अध्यक्षमा सरोज र महासचिवमा केशवको उम्मेदवारी, अरु को-केमा भिड्दैछन्?

बढ्दैछन् युनियनका आकांक्षी, अध्यक्ष, महासचिव र कोषाध्यक्षका यी हुन् दाबेदार

प्रेस युनियनका आकांक्षी बढेसँगै समस्यामा संस्थापन इतर समूह

प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट सरोज अधिकारी पक्का

प्रेस युनियनको महासचिवमा केशव र नकुल बलियो, अरु कुन पदका उम्मेदवारको अवस्था के छ?


प्रतिक्रिया

सम्बन्धित खवर