२० वैशाख २०८१, बिहिबार

‘हावाको कुरा गरौँ’ अभियान सुरु

  • १४ फागुन २०८०, सोमबार
Image

२०८० फागुन १४ सोमबार

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले यूएसएड र स्वच्छ हावा परियोजनासँगको सहकार्यमा सहरी क्षेत्रमा बढ्दै गएको वायुको गुणस्तर सुधारका लागि समुदायको सहभागिता र सचेतना बढाउन अभियान थालनी गरेको छ।

यस अभियानमा सवारी साधनको प्रयोगलाई कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने, यसको सट्टा हिँड्ने संस्कृति बढाउँदै लैजाने लगायत क्रियाकलाप हुनेछन्।

सहरी क्षेत्रमा बढ्दै गएको वायुको गुणस्तर सुधारका लागि समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु गरेको हो।

यो सांस्कृतिक विकासका लागि आवश्यक पर्ने सहरी पूर्वाधार निर्माण गर्ने, सामाजिक र सांस्कृतिक क्रियाकलापलाई पर्यटन व्यवस्थापनसँग जोडेर स्थानीयबासीको आयमा टेवा पुर्‍याउने, परम्परागत उद्यम तथा उद्यमशीलताको विकासलाई प्रवद्र्धन गरिने छ।  

कला, साहित्य, सिर्जना र सहरी वातावरण सुधारका लागि काम गर्ने विभिन्न संघ संस्थाहरूले सूचना तथा जानकारीमूलक प्रदर्शनी गर्ने गरिएको छ । काठमाडौँको मौलिकता पुनःस्थापनामा हाँडीगाउँबाट थालिएको अभियान महानगरका अन्य स्थान तथा क्षेत्रसँगै उपत्यकाभित्र विस्तार हुनेछ। 

यस प्रकारका क्रियाकलापबाट काठमाडौँका सम्पदाहरूको संरक्षण र प्रवर्धन तथा वातावरणीय सुधारमा टेवा पुग्ने विश्वास गरिएको छ।यस अघि हाँडीगाउँमा यस प्रकारका क्रियाकलाप सञ्चालन गरिएका छन्। सवारी प्रवेश निषेध गरिएका ठाउँमा हाँडीगाउँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सिप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपी लेखन सिप, मौलिक खाना, परम्परागत वाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गर्ने गरिएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर