८ कार्तिक २०८३, शनिबार

सरकारलाई गठबन्धनको निर्देशन : पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा कटौती गर्नू

  • ११ असार २०७९, शनिबार
Image

काठमाडौं - सत्तारुढ गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

‘प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ’ उनले भनेका छन्।

सरकारले उक्त विषयलाई आजकै दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका कर कटौती गरी लागू गर्ने उनले बताए। ‘सरकारले उक्त विषयलाई आजैका दिन देखि पेट्रोलियम पदार्थमा लगाएका करहरु कटौती गरी लागू गर्नेछ,’ उनले भनेका छन्, ‘उक्त निर्णय लागू गरेमा डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर झण्डै ३० देखि २५ रुपैयाँसम्म मूल्य घट्ने देखिन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर