८ कार्तिक २०८३, शनिबार

जापानको ‘अर्डर अफ राइजिङ सन’ बाट कांग्रेस वरिष्ठ नेता पौडेल सम्मानित

  • २९ मंसिर २०७९, बिहिबार
Image

काठमाडौं- जापान सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्मान गरेको छ। जापानको आधुनिक प्रगतिको जग बसालेका सम्राट मेइजीले स्थापना गरेको राजकीय सम्मान ‘अर्डर अफ राइजिङ सन’ बाट पौडेल सम्मानित भएका हुन्।

पौडेलको सचिवालयले बिहीबार दिउँसो जापानी राजदूतको निवासमा पौडेललाई सम्मानित गरिएको जनाएको छ। विशिष्ट व्यक्तित्वहरुलाई वर्षको २ पटक दिइने यो सम्मानबाट सम्मानित हुनेमा थोरै विदेशीहरु पर्ने गर्छन्।

जापान सरकारले पौडेल र माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई अढाई वर्षअघि सम्मान गर्ने घोषणा गरेको थियो। पौडेललाई पूर्व सभामुखको हैसियत र सुदृढ जापान–नेपाल सम्बन्धका लागि कदर गरिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर