८ कार्तिक २०८३, शनिबार

रास्वपालाई सरकारमा ल्याउने प्रयास जारी छ : एमाले

  • २६ माघ २०७९, बिहिबार
Image

काठमाडौं- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउने प्रयास भइरहेको बताएको छ।  बिहीबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव समेत रहेका नेता प्रदीप ज्ञवालीले रास्वपालाई सरकारमा सहभागी गराउनुपर्ने निष्कर्ष रहेको बताए। 

‘रास्वपा, जसापा र उन्मुक्तिलाई सरकारमा सहभागी गराउनुपर्छ र गठबन्धन टिकाएर लैजानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ’, नेता ज्ञवालीले भने। उनले रास्वपाले सरकार छोड्नु दुखद विषय भएको र त्यसको समीक्षा हुँदै जाने बताए।

उनले भिन्न भिन्न दलहरु मिलेर सरकार र गठबन्धन बनेकाले त्यसबारे समझदारी कायम गर्ने प्रयास भइरहेको बताए।  गठबन्धन जोगाउने एमालेको संकल्प रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर