८ कार्तिक २०८३, शनिबार

बढ्यो सुनको भाउ, चाँदीको भने घट्यो

  • ९ असार २०७९, बिहिबार
Image

काठमाडौँ - नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ पनि ९७ हजार पुगेको छ। 

बिहीबार चाँदीको भाउमा भने गिरावट देखिएको छ।

चाँदीको बुधबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको हो। चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर