काठमाडौं- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको उच्च पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार देशको सुदुरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहने जनाइएको छ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ। शुक्रबार राति देशको सुदुरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।
देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात र पहाडी भू-भागको थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation