८ कार्तिक २०८३, शनिबार

स्थानीय तहका जनप्रतिनिधिको कामको अनुगमन गर्न संयन्त्र बनाउँदै कांग्रेस

  • २४ जेठ २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कामको अनुगमन गर्नका लागि संयन्त्र बनाउने भएको छ। कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउन नियमित अनुगमनका लागि संयन्त्र बनाउने लागिएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिएका छन्।

उनका अनुसार पार्टीका स्थानीय समिति र निर्वाचित जनप्रतिनिधिबीच तालमेलमा फराकिलो दूरी देखिएकाले समन्वयका लागि पनि संयन्त्र आवश्यक रहेको बताए। उनले भने, ‘पार्टीमा निर्वाचित साथीहरूका लागि अनुगमन गर्ने संयन्त्र निर्माण गर्दैछौं। २०७४ मा निर्वाचित जनप्रतिनिधि साथीहरूले पार्टीबाट पाउनुपर्ने सहयोग र सुझाव दिनबाट विगतमा हामीले गर्न नसकेका कमीकमजोरी सच्चाएर अघि बढ्नेछौं।'

पार्टीबाट प्रतिनिधि भएका साथीहरूले गरिरहेका कामहरूको अनुगमन गर्ने, नियमित सुझाव, सहयोग गरिने उनले बताए।

ललितपुरमा आइतबार कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको स्वागतका लागि आयोजित कार्यक्रममा उनले भने, ‘विगतमा हामीले अनुगमनको प्रयास पनि गरेका हौं। तर, त्यो प्रभावकारी हुन सकेन। अब त्यसलाई पनि सच्याएर अगाडि बढ्नेछौं। पार्टीबाट संस्थागत अनुगमनको प्रवन्धमार्फत हाम्रा जनप्रतिनिधिलाई निरन्तर सुझाव र सहयोगका साथै काम कर्तव्यप्रति जिम्मेवार बनाउने काम गर्छां।’

उपसभापति खड्काले स्थानीय तहका निर्वाचित प्रतिनिधि र पार्टीका स्थानीय समितिले एक–अर्काबाट सहयोग नभएको गुनासो आउने गरेको बताए। ‘निर्वाचितहरू विस्तारै आफ्नो लयमा जाने अनि पार्टीका साथीहरू जसले पसिना बगाएर निर्वाचित गराए। उनीहरू पाखा लाग्ने अवस्था आउनुहुन्न। साथै पार्टीका साथीहरूले पनि निर्वाचित जनप्रतिनिधिको विरोध मात्रै गर्ने गरेको गुनासो आउने गरेको छ। अब यी सबैको सम्बोधन गर्ने गरी हामी अगाडि बढ्छौं,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर