२०८० फागुन २० आइतबार
काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले शान्त नेता पुर्ब प्रधानमन्त्री
किष्न प्रसाद भट्टराईको जीवनीबाट राजनीति सिक्नु पर्ने बताएका छन्। उनले चितवनमा
आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली राजनीतिमा आज पनि शान्त नेता पुर्व प्रधानमन्त्री
किष्न प्रसाद भट्टराईको जीवनीबाट सिक्नुपर्ने र अनुसरण गर्दै अगाडि बढ्न सके तमाम
समस्याको समाधान निस्कने बताएका हुन।
नेता सिहले पाटि भित्र केही असन्तुष्टि रहे पनि यी असन्तुष्टिको
तमाम समाधान गर्दै जानू पर्ने र अरुलाई दोष देखाएर आफ्नो जिम्मेवारी बाट भागेर अगाडि बढ्न खोज्ने
प्रबिति बढ्दै गएकाले कांग्रेस जनहरु सचेत रहनु पर्ने बताए।
उनले कांग्रेस ठुलो पार्टी भएकाले पार्टीको आन्तरिक जिवनलाई
ब्यवस्थापन गर्नु पर्ने बताउदै, कांग्रेसकै नेताहरुका गतिविधि बोलीचाली सामाजिक
संजाल प्रयोगमा आफु मात्रै राम्रो देखिने र पार्टी र नेतालाई गालि गरेर बस्ने
अवस्था रहेकाले जिम्मेवार बन्न र व्यक्ति पपुलर हुने नाउमा पार्टी कमजोर बनाउने
काम नगर्न समेत सबैलाई आग्रह गरेका छन्।
फरक प्रसंगमा बोल्दै, पार्टीका तर्फबाट उमेदवार भएर
निर्वाचित भएका सबै जनप्रतिनिधि र पार्टी बिचमा थप प्रभावकारी समन्वय गरेर अगाडि जानुपर्ने,तर्फ
ध्यान दिनुपर्ने भन्दै जनप्रतिनिधिले,पार्टीकमिटि आवश्यक समन्वयमा ध्यान दिनुपर्ने
नेता सिहले बताए।
सिहले भने, तत्कालै गठबन्धनमा कुनै अविस्वासको अवस्था नभएको
भन्दै गठबन्धन सरकार संचालन र गठनको लागि भएको समझादारी अनुसार गठबन्धन राजनीति इमान्दारीपूर्वकका
साथ अगाडि बढ्ने हो।
नेपाली राजनीतिमा तत्कालैको मात्रै कुरागरेर बिगतका
घटनाक्रमको आधारलाई अन्त मोड़ने परिपाटीको बिकास भएको भन्दै घटनाहरुको तथ्यका आधारहरु
के कस्था थिए त्यस तर्फ ध्यान दिन नेता सिहको आग्रह छ। सो कार्यक्रममा नेपाली
कांग्रेस बागमती प्रदेशका उपसभापति मोहन बहादुर बस्नेत, कांग्रेस चितवनका सभापति
राजेश्वर खनाल बागमती प्रदेशका स्वास्थ्य मन्त्री उतम जोशी लगायतले समसामयिक विषयमा
आ-आफ्ना विचार व्यक्त गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation