लोक कलम सम्वाददाता,
काठमाडौँ, १९ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएको छ । धुलिखेलमा बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने प्रस्ताव अघि सारेको छ।
यस्तै राप्रपाले पूर्ण समानुपातिक संसद हुनुपर्ने बताएको राप्रपाले केन्द्र र बलियो स्थानीय तह भए पुग्ने भन्दै प्रदेश आवश्यक नरहेको बताएको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीले गरेका यी प्रस्तावलाई अब संघीय निर्वाचनमा जोडदार रूपमा उठाउनेछ । केन्द्रीय समिति बैठकबाट यी प्रस्ताव पारित गरेर अघि बढ्ने उनले बताए।
कार्यसम्पादन समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन, नेताहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायत उपस्थित थिए।
प्रवक्ता श्रेष्ठका अनुसार असारमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि भएको छ। असार ७, ८ र ९ गते केन्द्रीय समिति बैठक बस्ने उनले बताए।
भदौ मसान्तभित्र सबै जनवर्गीय संगठनहरूको महाधिवेशन गर्ने निर्णय पनि भएको छ।
यस्तो छ निर्णयहरू:


© Lok Kalam . Designed and Developed by Goldenmud Creation