काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छन्। उनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका भाइ हुन् ।
नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रिय सभामा मनोनयन गरेकी हुन्। दाहाल माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने यसअघि बागमती प्रदेश अध्यक्ष समेत रहेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation