१६ चैत २०८०, शुक्रबार

एमाले र नेकपाको राजनीति : अहिले आएर जिया भ्रमणको टिकाटिप्पणी

  • १४ जेठ २०७९, शनिबार
Image

लोक कलम सम्वाददाता,

काठमाडौँ, १४ जेठ । 

एक साता अघि नेपालको भ्रमणमा आएकी अमेरीकी उपविदेशमंन्त्री  उज्रा जियाको भ्रमणलाई लिएर राजनीतिक दलका नेताहरु अहिले टिकाटिप्पणी गर्न थालेका छन् ।  

उपविदेशमन्त्रीले काठमाडौंस्थित तिब्बती शरणार्थी शिविरमा गरेको भेटघाट र अन्तरक्रियावारे चरणबद्ध भेटघाट गर्दा पनि नेपालका राजनीतिक दल र तिनका नेताले केही बोल्ने आवश्यकता देखेका थिएनन् ।

जब जिया स्वदेश फर्किन  १२ गते  बिहीवार बल्ल एमालेले १३ गते शुक्रबार  नेकपा समूहले विरोध जनाएका छन् । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा  ले अमेरिकी उपविदेशमन्त्री तिब्बती शरणार्थी शिविर शिविरमा जानुले कूटनीतिक मर्यादा उल्लंघन भएको बताउँदै भन्छ ,उक्त कार्यले नेपालको राष्ट्रिय स्वाधीनता कमजोर पारेकोे छ ।

उता नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जिया गएको भन्दा पनि नेपाल सरकारले उनलाई  शरणार्थी शिविरमा जान दिएकोमा चाहिँ चर्को निन्दा गरेका छन् । 


प्रतिक्रिया

सम्बन्धित खवर