काठमाडौं- बिहीबार नेप्सेमा २७ अंकमाथिको वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.५६ अंकले वृद्धि हुँदै २०६८.२६ अंकमा उक्लिएको हो।
अघिल्लो दिन यस्तो सूचक सामान्य अंकले घटेको थियो। नेप्सेका अनुसार २७ अंकले बढेको बजारमा आज २ अर्ब ५ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ। १३ वटा उपसूचकहरु मध्ये आज सबै उपसूचक धनात्मक भएका छन्।
सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक ३.१७ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.०१ प्रतिशतले, हाइड्रोपावर समूहको उपसूचक २.९२ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक १.३२ प्रतिशतले बढेको छ।
यस्तै, इन्भेष्टमेन्ट समूहको उपसूचक १.४५ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक १.०५ प्रतिशतले बढेको छ। आज मन्दाकिनी हाइड्रोपावर र अप्पर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने दर्जन हाराहारीका कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत माथिको वृद्धि भएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation