२० वैशाख २०८१, बिहिबार

मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्दै आयोग

  • १३ चैत २०७८, आइतबार
Image

काठमाडौं- निर्वाचन आयोगले आइतबार मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ। आयोगका अनुसार करिब एक करोड ७७ लाखभन्दा बढी मतदाता  छन्।

स्थानीय निर्वाचनका लागि ४७ दिन मात्र बाँकी रहँदा आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको हो।

यसअघि मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो। सो प्रक्रिया पूरा भएको आयोगले जनाएको छ।

दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ। आयोगका अनुसार अन्तिम नामावली प्रकाशन भइसकेपछि हेरफेर गर्न मिल्दैन। यस वर्ष करिब दुई लाख मतदाता थपिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर