८ कार्तिक २०८३, शनिबार

प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित

  • १३ जेठ २०७९, शुक्रबार
Image

लोक कलम सम्वाददाता,

 काठमाडौँ, १३ जेठ । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सार्वजनिक महत्वको विषयमा बोल्दै गर्दा एमाले सांसदहरुले बैठक अवरोध गरेका छन् । मन्त्री बडुले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बिहीबार आयल निगमबारे संसदमा गरेको टिप्पणी आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा भएको जवाफ दिएपछि एमाले सांसदहरु आसनबाट उठेर होहल्ला गरेका थिए । 

त्यसपछि उनीहरुले मन्त्री बडूका अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने अडान राखेका थिए । सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतको भनाइ अनुसार रेकर्ड हेरिने तर सांसदहरुलाई पटकपटक बस्न आग्रह गर्दा पनि उनीहरुले अटेर गरेका थिए । त्यसपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगन गरेको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर