धनगढी- सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ ६ बजे पुनः मतदान हुने भएको छ। बिहीबार भएको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि आज पुनः मतदान हुन लागेको हो।
आज बिहान बसेको सर्वदलीय बैठकमा सबै दल सहमत भएपछि चुनावको मिति तोकिएको हो। सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन्।
त्रिपन्न सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ मत चाहिन्छ। तर बिहीबारको चुनावमा गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत प्राप्त गरे भने कांग्रेसका रावलले २३ मत पाएका थिए।
सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक तथा कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एक स्वतन्त्र सदस्य छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation