३१ असार २०८१, आइतबार

मिटरब्याजपीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

  • ७ वैशाख २०८०, बिहिबार
Image

काठमाडौं- सरकारले मिटरब्याजपीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरिन्।

'मिटरब्याजपीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ', शर्माले भनिन्, 'उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला।' सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि उनले आग्रह गरिन्।

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै शर्माले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर