९ कार्तिक २०८३, आइतबार

गठबन्धनको निरन्तरता कायम रहने : जसपा अध्यक्ष यादव

  • १२ जेठ २०७९, बिहिबार
Image

लोक कलम सम्वाददाता, 

काठमाडौँ, १२ जेठ । 

स्थानीय चुनावमा गठबन्धनबाट सबै सन्तुष्ट नै भएकाले प्रदेश र संघको चुनावसम्म कायम हुने कुरा  जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । 

स्थानीय चुनावको विषयमा गठबन्धनमा समीक्षा नगरेकोले बताउँदै   यादवले भने, ‘हामीलाई ठिकै लाग्यो नोक्सान भएको छैन । सोचेको जस्तो दुनियाँ कहीँ हुँदैन। यद्यपि हामी निरास छैनौ उत्साहितै छौँ । 

आफूले जे जति नतिजा पाएको त्यसलाई उपलब्धि मानेर गठबन्धन कायम गर्नुपर्ने यादवले बताए। पाँच दलीय गठबन्धनलाई आगामी प्रदेश र संघको चुनावसम्म लगेर प्रतिगमनलाई परास्त गर्नुपर्ने उनले बताए। जसपा कुल ३० स्थानीय तह जितेर चौथो ठूलो दल हुन पुगेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर