९ कार्तिक २०८३, आइतबार

एमसीसी परियोजनाका लागि खुल्यो विज्ञापन, १० जना कर्मचारी माग

  • १८ फागुन २०७८, बुधबार
Image

काठमाडौं- अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सरकारले सम्झौता गरेको परियोजना सञ्चालनका लागि कर्मचारी भर्ना गर्न विज्ञापन गरिएको छ। 

एमसीसी परियोजना कार्यान्वयनका लागि स्थापित सरकारी एजेन्सी एमसीए–नेपालले विभिन्न पदमा कर्मचारी मागेको हो। संसद्‌बाट एमसीसी सम्झौता पारित भएको २ दिनपछि नै यसका लागि एमसीए नेपालले १० पदमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो।

एमसीए बोर्डले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहायकसम्मको पदमा आवेदन आह्वान गरेको हो। 


इच्छुक योग्य उम्मेदवारले आउने चैत १ गतेभित्र आवेदन बुझाइसक्नुपर्ने भनिएको छ। आवेदकहरुले एमसीएनेपालको वेबसाइटमा गएर रोजगारीका लागि आवेदन दिन सक्नेछन्। 


प्रतिक्रिया

सम्बन्धित खवर