जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाको मेयरमा पुनः सञ्जीव कुमार साह दोहरिएका छन्।
महोत्तरीको भंगहा नगरपालिकाको मेयरमा पुनः संजिव कुमार साह दोहरिएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उनी पुनः मेयर पदमा निर्वाचित भएका हुन्।
आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय मण्डललाई २५६ मत अन्तरले पराजित गर्दै उनी विजयी भएका छन्।
साहले ५६१७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मण्डल ५३५४ मत प्राप्त गरे।
यस्तै उपमेयरमा काँग्रेसकी शान्ति कुमारी सिंह ५७७५ मत ल्याइ विजयी भएकी छन्।
उनले लोसपाकी उम्मेदवार निवर्तमान उपमेयर गंगा कुमारी सिंहलाई पराजित गर्दै विजयी भएकी हुन्। गंगाकुमारी ५३५५ मतमा सिमित भइन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation