काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अर्थमन्त्री जनार्दन शर्मा उपस्थित नभएकोबारे आपत्ति जनाएको छ।
विनियोजन विद्येयकको सिद्धान्त र प्राथमिकतामा छलफल चलिरहँदा अर्थमन्त्री अनुपस्थित भएको बताएर एमालेले के आधारमा सुझाव दिने? भन्दै प्रश्न गरेको छ।
बैठक चलिरहँदा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समय माग्दै ध्यानाकर्षण गराएका हुन्।
‘नेपाल सरकारको तर्फबाट माननीय अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको विनियोजन विद्येयकको सिद्धान्त र प्राथमिकतामा छलफल गरिरहँदा माननीय अर्थमन्त्रीज्यू यो सदनमा उपस्थित भएको देखिनुहुन्न,’ सांसद भट्टराईले भने, ‘कुनै मन्त्रीज्यूले पनि डायरी पल्टाएर टिपोट गर्नुभएको पनि देखिँदैन। कि अन्यन्त्रै कहीँ बसेर टिपोट गरेर बस्नुभएको छ। सदनका रेकर्ड मन्त्रालय वा निवासमै जान्छ भने त म भन्न सक्दिँन, यहाँ अर्थमन्त्रीज्यू अनुपस्थित हुँदा के आधारमा हामीले छलफल गर्ने, के आधारमा सुझाव दिने? के आधारमा जवाफ दिनुहुन्छ? मैले यसको जवाफ खोजेको सभामुखज्यू।’
सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा मन्त्री शर्माको ध्यानाकर्षण गराएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation