ललितपुर- ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बरभन्दा बढीको अग्रता बनाएका छन्।
मंगलबार बिहान साढे ८ बजेसम्म ललितपुर महानगरमा १३ हजार २१६ मत गणना हुँदा चिरिबाबुले ४ हजार २१८ मतको अग्रता लिएका छन्। चिरिबाबुले ७ हजार ४१० मत प्राप्त गरेका छन्।
एमालेका हरिकृष्ण व्यञ्जनकार ३ हजार १९२ मतका साथ चिरिबाबुलाई पछ्याइरहेका छन्।
उपमेयरमा भने एमाले उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ३ हजार ८०० मतसहित अग्रता बनाएकी छन्। उनलाई माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले २ हजार ३२६ मत ल्याएर पछ्याइरहेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation