८ कार्तिक २०८३, शनिबार

काठमाडौं महानगर : एमालेले जितेका वडामा पनि बालेनकै अग्रता

  • ३ जेठ २०७९, मङ्गलबार
Image

काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम राखेका छन्। एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहलाई पछि पार्दै बालेनले अग्रता बनाएका हुन्। 

कुल ३२ वटा वडा रहेको काठमाडौं महानगरपालिकामा चारवटा वडाको मात्रै मतगणना भइरहेको छ।  अहिलेसम्म जुन वडामा मतगणना भइरहेका छन्, ती चारवटै वडाहरु गत ०७४ को स्थानीय चुनावमा एमालेको गढ मानिन्थे।  यी वडामा नेपाली कांग्रेस गत स्थानीय चुनावमा फराकिलो अन्तरले एमालेसित हारेको थियो। 

बालेन शाहले वडा नम्बर १,३,४ र ३२ नम्बरमा जसरी अग्रता कायम गरिरहेका छन्, यसबाट कांग्रेसलाई भन्दा बढी एमालेलाई धक्का लागेको छ। ०७४ को चुनावमा काठमाडौंका ३२ मध्ये एमालेले १८ र कांग्रेसले १४ वडा जितेका थिए।  

हालसम्म बालेनले दुई हजार ७१ मत प्राप्त गर्दा एमालेका स्थापितले ११६४ मत प्राप्त गरेका छन्। त्यसैगरी कांग्रेसकी सिर्जना सिंहले १०६४ मत प्राप्त गरेकी छन्।  

प्रतिक्रिया

सम्बन्धित खवर