८ कार्तिक २०८३, शनिबार

पूर्वनिर्धारित अधिवेशन हाललाई स्थगित गर्न भातृसंस्थालाई कांग्रेसको निर्देशन

  • २१ वैशाख २०७९, बुधबार
Image

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृसंस्थाहरुलाई पूर्वनिर्धारित अधिवेशन/महाधिवेशन हाललाई स्थगित गर्न निर्देशन दिएको छ ।

कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठवन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई जिताउन पार्टीका सम्पूर्ण सांगठनिक संरचनाहरु, भ्रातृ संघहरु, शुभेच्छुक संस्थाहरु लगायत विदेशस्थित जनसम्पर्क समितिहरु समेत क्रियाशील रहेकाले हाललाई निर्धारित अधिवेशन/महाधिवेशन स्थगित गर्न निर्देशन दिएको हो ।

पूर्वनिर्धारित अधिवेशन/महाधिवेशन स्थानीय तहको निर्वाचनको आसपास गर्न सान्दर्भिक र सम्भव नदेखिएको विज्ञप्तिमा उल्लेख छ।

स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भए लगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन/महाधिवेशनको कार्यतालिका तय गर्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर