काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरूले रोल्पाको सुनछहरी गाउँपालिकामा एमाले उम्मेदवारकी आमामाथि कुटपिट गरेका छन्।
सुनछहरी गाउँपालिका-५ जैमाकसलाका एमालेबाट वडाध्यक्षका उम्मेदवार तीर्खबहादुर विष्टकी आमा ६७ वर्षीया सत्मा बुढाथोकीमाथि निर्घात कुटपिट गरेका हुन्।
माओवादीबाट वडाध्यक्षका उम्मेदवार देवीलाल रोकामगरको निर्देशनमा स्थानीय तानसरी विष्ट र श्याम विष्टले कुटपिट गरेको पीडितहरुले बताएका छन्।
चुनाव प्रचारका क्रममा टोलमै आएका उनीहरुले घरबाहिर बोलाएर कुटपिट गरेको पीडित सत्माले बताएकी छन्। पीडित महिलाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार हुँदैछ।
उनीहरूले यसअघि पनि धम्की दिएको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी दर्ता गराएका छन्।
उनीहरुले सुरुमा ज्यान मार्ने उद्योगमा उजुरी दिन खोजेका थिए। तर प्रहरीले लिन नमानेपछि कुटपिटको उजुरी दिएको पीडित परिवारले बताएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation