१८ मंसिर २०७९, आइतबार

बागमतीका मुख्यमन्त्री पाण्डे धादिङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित

  • ८ मंसिर २०७९, बिहिबार
Image

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री  तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीभन्दा ७ हजार ९८१ मतान्तरले पाण्डे विजयी भएका हुन्। उनले ३५ हजार ९३४ मत प्राप्त गर्दा त्रिपाठीले २७ हजार ९५३ मत ल्याए।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार ४७५ मत पाए भने मंगोल नेसनल अर्गनाइजेसनका सुमन तामाङ ८८२ मत प्राप्त गरे। धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर