पोखरा- कांग्रेसका शीर्ष नेताको दवाव र चेतावनीका बाबजुद भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो उमेदवारी फिर्ता लिएनन्।
उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म पनि उनले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए।
पौडेलले नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा उम्मेदवारी दिएका हुन् । उनलाई मनाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन गएका थिए । तर, पौडेललाई मनाउन नसकेपछि दुबै मन्त्री आजै काठमाडौं फर्किएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation