७ वैशाख २०८१, शुक्रबार

अमेरिकी उपराष्ट्रपतिको घर अगाडि आप्रवासीको प्रदर्शन

  • ३१ भदौ २०७९, शुक्रबार
Image

टेक्सास- अमेरिकामा आप्रवासीको विषयलाई लिएर आन्तरिक रूपमा राजनीतिक तनाव थप उच्च हुँदै गएको छ।

टेक्सास राज्यले दुई बसमा राखेर केही आप्रवासीहरूलाई उपराष्ट्रपति कमला ह्यारिसको वासिङ्गटन डिसीस्थित निवास बाहिर पठाएको छ। बिहीबार टेक्सासले आप्रवासीलाई डिसी अगाडि प्रदर्शन गरेका हुन्। 

रिपब्लिकन गभर्नर रहेको टेक्साससहितका राज्यहरुले डेमोक्र्याटको कमजोर आप्रवासन नीतिका कारण समस्या बढेको आरोप लगाउँदै आएका छन्।

राष्ट्रपति जो बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई आप्रवासी समस्या समाधानको जिम्मेवारी दिएका छन्। सोही कारण टेक्सासले उनको आवासअगाडि नै आप्रवासी पठाएको हो।

टेक्सासका गभर्नर ग्रेग एबटले नियतबस नै आफूले यस्तो कदम चालेको बताएका छन्। कडा आप्रवासी नीतिका लागि दबाब दिन यस्तो गरिएको उनले बताएका छन्।

तर अरूले भने राजनीतिक उद्देश्य पूर्तिका लागि आप्रवासीको प्रयोग गरेको भन्दै आलोचना गरेका छन्। यसअघि रिपब्लिकन गभर्नर रहेको फ्लोरिडाले आप्रवासीलाई मासचुसेट्सको आइल्याण्ड पठाएको छ। रिपब्लिकन गभर्नरले डेमोक्र्याटहरू रहेको क्षेत्रमा आप्रवासी पठाएका हुन्।

अमेरिकामा आउँदो नोभेम्बरमा मध्यावधिक चुनाव हुँदैछ। चुनाव लक्षित भएर रिपब्लिकन र डेमोक्र्याटिक पार्टीले आफ्ना अभियानहरू चलाइरहेका छन्।

सहज जित हाँसिल गर्ने ठानिएको रिपब्लिकन पार्टीका लागि केही महिना पहिले गर्भपतनको अधिकार छिन्ने सम्बन्धी सर्वोच्च अदालतको फैसला राजनीतिक रुपमा घातक देखिन थालेको छ। त्यसपछि आप्रवासीको मुद्दा थप उच्च स्वरमा उनीहरूले उचालेको डेमोक्र्याटको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर