८ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिबारे समझदारीको कोसिस जारी राख्छौं : प्रधानमन्त्री प्रचण्ड

  • ५ माघ २०७९, बिहिबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समझदारीमा राष्ट्रपति चयनको कोसिस गर्ने बताएका छन्। आज सभामुख निर्वाचनपछि सञ्चारकर्मीसित संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

‘राष्ट्रपतिका लागि समय बाँकी छ। हामी सत्ता साझेदार दल र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिए हुन्थ्यो भन्नेतिर कोशिस छ। हामी त्यो कोशिस जारी राख्छौ’ उनले भने।

सभामुखको सन्दर्भमा सत्ता साझेदार दलहरु सबै एकै ठाउँमा उभिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले शुक्रबार हुने उपसभामुखको निर्वाचनमा यही दोहोरिने दाबी गरे।


प्रतिक्रिया

सम्बन्धित खवर