२३ वैशाख २०८१, आइतबार

२ हजार ७७१ मा परीक्षण गर्दा १४ जनालाई कोरोना

  • १६ वैशाख २०७९, शुक्रबार
Image

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ जनामा संक्रमण पुष्टि भएको हो। 

२ हजार ७७१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

१ हजार ७७८ जनाको पिसिआर गर्दा १३ र ९९३ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो। 

यस्तै, अहिले देशभर २४३ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

यस्तै कोरोनाबाट १९ जना निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर