६ जेठ २०८१, आइतबार

आन्दोलन फिर्ता लिन चिकित्सकहरूलाई स्वास्थ्यमन्त्रीको आग्रह

  • ५ पुष २०८०, बिहिबार
Image

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आन्दोलनरत चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन्। उनले स्वास्थ्यकर्मीमाथि पटक–पटक हुने दुर्व्यवहारको घटनामा संलग्नलाई कारबाही गर्ने प्रक्रियामा सरकार लागि परेको भन्दै आन्दोलन स्थगित गरेर काममा फर्किन अनुरोध गरेका हुन्।

मन्त्री बस्नेतले चिकित्सकको दरबन्दी थप गर्ने विषय अन्तिम चरणमा पुगेको पनि जानकारी दिए। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले भने, 'दरबन्दीको विषयलाई उठान गरेको छ। नजिक पुगेको छ। प्रधानमन्त्री कन्भेन्स हुनुभएको छ। अन्तिम अवस्थामा पुगेको छ।'

सुर्तीबाट उठेको कर दरबन्दी र बिरामीको उपचारमा खर्च गर्नुपर्ने उनले बताए। मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन बनेपछि राम्रो काम भए पनि कमजोरी रहेको बताए।

'ऐन बनेपछि केही राम्रो पक्ष भएको छ। तर केही वर्षमा नर्स खोज्नु पर्ने दिन आउँछ। ऐनमा जे कमजोरी भएको छ। क्याबिनेटमा पनि उठाएको छु। प्रधानमन्त्रीले चिकित्सा शिक्षा आयोग, स्वास्थ्य र शिक्षा मन्त्रालयसँग छलफल गर्छु भन्नुभएको छ', उनले भने। चिकित्सा शिक्षा ऐनकोविरुद्ध बोल्दा कोही अनशन बस्ने भएकाले आफूलाई नबोल्न सूझाव आए पनि बोलिरहेको उनले बताए। 

प्रतिक्रिया

सम्बन्धित खवर