९ कार्तिक २०८३, आइतबार

कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन

  • २१ फागुन २०८०, सोमबार
Image

२०८० फागुन २१ सोमबार

काठमाडौं- कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ। पश्चिम रुकुममा आजदेखि फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको हो । जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुस्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिएका छन्। 

जिल्लाका चारवटा स्थानीय तहका लागि स्वास्थ्य सेवा कार्यालयमा दुई हजार २९० डोज खोप आइसकेको छ। खोप १२ वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने छ । यसका साथै पहिले कोरोनाविरुद्धको खोप लगाउन छुटेका व्यक्तिले पनि खोप लगाउन पाउने छन् । कोभिड खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले यसबारेमा गत बिहीबार नै निर्णय गरिसकेको छ ।

खोप सुपरभाइजर कृष्णा खड्का अनुसार मुसिकोट र चौरजहारी नगरपालिकामा गत असोजमै खोप कार्यक्रम सञ्चालन गरिसकिएको  छ । बाँकी चार स्थानीय तह सानीभेरी, बाँफीकोट, त्रिवेणी गाउँपालिका तथा आठबिसकोट नगरपालिकामा  यही फागुन  २१ गतेदेखि २४ गतेसम्म कोरोनाविरद्धको खोप अभियान सञ्चालन हुने उनले बताए।

आजदेखि सञ्चालन हुने कोरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य सेवा कार्यालयले सम्बन्धित स्थानीय तहका स्वास्थ्य सेवा शाखा, स्वास्थ्य स्वयम्सेविकासँग समन्वय गरेर खोप लगाउने गरी तयारी भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर