८ कार्तिक २०८३, शनिबार

केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

  • ११ वैशाख २०७९, आइतबार
Image

काठमाडौं- बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो पदबाट राजीनामा दिएका छन्। काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

उनले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित राजीनामा दिएको जानकारी दिएका गराएका छन् । यसअघि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनका लागि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए।

उनीहरु दुवै जना एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर