८ कार्तिक २०८३, शनिबार

कांग्रेस निर्वाचन परिचालन समितिले गठन गर्‍यो सात उपसमिति

  • ८ वैशाख २०७९, बिहिबार
Image

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सात वटा उपसमिति गठन गरेको छ।

समितिको वैशाख २ गते बसेको बैठकको निर्णयअनुसार सातवटा उपसमिति गठन तथा संयोजक मनोनित गरिएको हो। समितिअन्तर्गत भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति संयोजकमा सुरेन्द्रराज पाण्डे, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति संयोजकमा मीनबहादुर विश्वकर्मा मनोनित भएका छन्।

त्यसैगरी अनुगमन, मूल्याकंन तथा सुपरीवेक्षण उपसमितिमा प्रदीप पौडेल, शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमितिमा मदनबहादुर अमात्य, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा उदयशम्शेर राणा संयोजकमा मनोनित भएका छन्।

जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा जीतजंग बस्नेत र निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा रामहरी खतिवडा मनोनित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर