८ कार्तिक २०८३, शनिबार

कांग्रेस जनभावना अनुसार अघि बढ्छ : पूर्वमन्त्री मोहन बस्नेत

  • ५ चैत २०७८, शनिबार
Image

काठमाडाैं- सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले कांग्रेसले जितका लागि गठबन्धन गर्ने बताएका छन्। आज कांग्रेस क्षेत्र न: २ काठमाडौंले आयोजना गरेको कार्यक्रममा बस्नेतले विगतका गल्तीहरू सच्याएर देशको राजनीतिक मुद्दा र सामाजिक मुद्दामा कांग्रेस जनताको साथमा छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताएका हुन्।

स्थानीय तह चुनावका सन्दर्भमा पार्टीले सञ्चालन गरिरहेको घर घर जाउँ कांग्रेस जिताउ अभियानका क्रममा बोल्दै नेता बस्नेतले  भने, ‘ आगामी चुनावमा जनता माझ जाऔँ नेपाली जनता र  समग्र कार्यकर्ताको भावनालाई सम्मान गर्नुपर्छ।’ नेता बस्नेत गाउँ टोलबाटै कांग्रेसलाई अगाडि बढाउनु पर्ने बताए। उनले कांग्रेस जनभावना अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर