८ कार्तिक २०८३, शनिबार

विवेकशील साझाको काठमाडौंका उम्मेदवारको यस्तो छ प्रतिज्ञा पत्र

  • ४ वैशाख २०७९, आइतबार
Image

काठमाडौं- विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर तथा उपमेयर पदका उम्मेदवारहरूले पत्रकार सम्मेलन गरी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्।

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले मेयर पदमा समीक्षा बास्कोटा तथा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आयोजित कार्यक्रममा उम्मेदवारहरूले आफ्ना सात मूल एजेन्डाहरू रहेको बताए।

मुल एजेन्डाहरूमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवा: कला–संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदीनालाको सफाइ र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा रहेका छन्। 

यस्तो छ प्रतिज्ञा पत्र





प्रतिक्रिया

सम्बन्धित खवर