८ कार्तिक २०८३, शनिबार

प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिन्छ ?

  • २५ पुष २०७९, सोमबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने विषयमा छलफल भएको छ। आफूलाई विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए।

आफूहरूलाई धोका दिएर प्रधानमन्त्रीमा समर्थन खोज्न एमाले अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुगेको भन्दै प्रचण्डसँग रुष्ट बनेको कांग्रेसको मन १५ दिनमै माओवादीतर्फ फर्किन सक्ने संकेत देखिएको छ। सोमबारको भेटका क्रममा कांग्रेस शीर्ष नेताहरुले प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएको बताइएको छ।

यद्यपि, यसबारे आधिकारिक निर्णय भने मंगलबार बिहान बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्ने छ। संसदको बैठकअघि कांग्रेस संसदीय दलको बैठक भोलि बिहान ९ बजे बस्दैछ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।  प्रचण्डलाई अहिले १६९ सांसदको समर्थन छ।


प्रतिक्रिया

सम्बन्धित खवर