९ कार्तिक २०८३, आइतबार

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा देउवा भारत जाने

  • १४ चैत २०७८, सोमबार
Image

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारत जाने भएका छन्।

देउवा चैत १८ गते भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका देउवा चैत २० गते नेपाल फर्किने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ।

देउवाले मोदीसँग चैत १९ गते भेट्ने कार्यक्रम तय भएको छ। भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, अरु मन्त्री र सचिवहरु पनि सहभागी हुने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर