८ वैशाख २०८१, शनिबार

देशलाई निकास दिन सक्ने पार्टी माओवादी मात्रै हो : अध्यक्ष प्रचण्ड

  • २९ फागुन २०७८, आइतबार
Image

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा संकट परेको बेला निकास दिन सक्ने पार्टी माओवादी मात्र भएको बताएका छन। प्रचण्डले संकटमोचकको भूमिकामा आफ्नो पार्टी रहेको बताए।

उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता, वृहत शान्ति प्रक्रियामा माओवादी केन्द्रको भूमिका संकटमोचनकै रुपमा रहेको बताए। उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यौं यो पनि समान्य थिएन । यी सबै कुरामा हामी अघि बढेर देशलाई निकास दिने काम गर्यौं । अहिले पनि हामी जुनसुकै बेला देशको संकटमोचनका लागि लाग्नु पर्ने अवस्था छ ।’

उनले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने बेलामा पनि देश नै सङ्कटमा पर्ने अवस्था आएको र उक्त संकट समाधान गर्न एमसीसी पास गरेर संकटमोचन गरेको बताए । शनिबार नुवाकोटमा स्व. पोस्टबहादुर बोगटीको शालिक अनावरण गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो बताएका हुन् ।


 

प्रतिक्रिया

सम्बन्धित खवर