८ कार्तिक २०८३, शनिबार

सप्तरीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • ७ माघ २०७९, शनिबार
Image

सप्तरी- पूर्व–पश्चिम हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका १२ डेडेवा पोखरीमा बिहीबार राती भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका वडा नम्बर ७ बिष्णुपुर टोल बस्ने किशोरी प्रसाद यादवको छोरा अन्दाजी बर्ष ४७ को मात्रिका प्रसाद यादव रहेका छन्।

प्रदेश नं.२–०१–००२ प ५०५२ नम्बरको मोटरसाइकल अचानक  दुर्घटना भई बाटोको उत्तर पट्टि साईडमा मोटरसाइकल चालक यादव फेला परेको प्रहरीले जनाएको छ।

राती ९ बजे भेटिएका उनलाई तत्कालै उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

मृतकको पोष्ट मार्टम गरि शव परिवारलाई बुझाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर