८ कार्तिक २०८३, शनिबार

युक्रेनमा शान्तिको कामना गर्दै अमेरिकी दूतावासको नेतृत्वमा बौद्धमा दीप प्रज्‍वलन

  • २० फागुन २०७८, शुक्रबार
Image

काठमाडौं- रुसले गरेको आक्रमणको विरोध गर्दै युक्रेनमा शान्तिको कामना गर्दै अमेरिकी दूतावासको नेतृत्वमा बौद्ध स्तुपामा दीप प्रज्‍वलन गरिएको छ। 

अमेरिकी दूतावासले रुसद्वारा युक्रेनमाथिको अकारण, अनुचित र अनैतिक आक्रमणको विरोधमा बिहीबार बौद्धनाथ स्तूपमा अमेरिकी राजदूत र्‍यान्डी बेरी, युक्रेनका लागि अवैतनिक महावाणिज्यदूत किरण वैद्य र नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू शान्तिपूर्ण रूपमा भेला भएको जनाएको छ।

दूतावासका अनुसार युक्रेनका जनता, त्यहाँको सार्वभौमसत्ता र त्यहाँको भौगोलिक अखण्डताप्रति आआफ्नो समर्थन जाहेर गर्नका लागि अमेरिका, संयुक्त अधिराज्य बेलायत, नर्वे, फिनल्याण्ड, युरोपेली संघ, अष्ट्रेलिया, न्यूजिल्याण्ड, स्विट्जरल्याण्ड, जर्मनी, जापान, दक्षिण कोरिया, इजरायलका राजदूतहरू, अन्तर्राष्ट्रिय श्रम संगठनका निर्देशक, तथा न्युजिल्यान्ड, र लात्भियाका अवैतनिक महावाणिज्य दूतहरू उक्त भेलामा सामेल रहेको जनाइएको छ।

आक्रमणको एक हप्तामा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा कूटनीतिज्ञहरूले मैनबत्ती बालेर मौनधारण गरेका थिए। कार्यक्रममा युक्रेनी राष्ट्रगान 'युक्रेन अझै नष्ट भएको छैन' बजाइएको थियो। विभिन्न राजदूतहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विगत सात दिनमा गरेका विद्रोही भाषणका अंशहरू पढेर सुनाएका थिए। 

रुसले २४ फेब्रुअरीदेखि युक्रनेमाथि आक्रमण गरिरहेको छ। 



प्रतिक्रिया

सम्बन्धित खवर